एसइइमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

एसइइमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    एसइइमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने
    images
    images

    काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ४.० जीपीए हासिल गरेकी गोमा श्रेष्ठको एमबीबीएस तहसम्मको पढाइ खर्च मीनबहादुर गुरुङ दम्पत्तिले बेहोर्ने भएका छन् ।

    इँटाभट्टामा काम गर्दै अध्ययन गरेर एसइइमा ४.० जीपीए हासिल गरेकी श्रेष्ठको एमबीबीएस तहसम्मको पढाई खर्च भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले व्यहोर्ने भएका हुन्।

    भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालस्थित एक इँटाभट्टामा परिवारसँग बस्दै आएकी गोमाले स्थानीय महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइइ परीक्षा दिएर उत्कृष्ट अंक प्राप्त गरेकी हुन्। 

    समाचार माध्यममा गोमाको संघर्षपूर्ण पृष्ठभूमिबाट उत्कृष्ट सफलता प्राप्त गरेको समाचार सार्वजनिक भएपछि समाजसेवी गुरुङ दम्पतीले उनको शैक्षिक भविष्यको जिम्मा लिने घोषणा गरेका हुन्।

    बिहीबार भाटभटेनी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङ दम्पतीले गोमालाई एक लाख रुपैयाँ नगद, ल्यापटपसहित सम्मान गरेका थिए ।  

    सोही अवसरमा अध्यक्ष गुरुङले गोमाको कक्षा ११ र १२ को अध्ययन काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजमा आफ्नै खर्चमा गराउने प्रतिबद्धता व्यक्त गरे।

    रामेछापको खनियाँपानी स्थायी घर भएकी गोमा चार वर्षको उमेरदेखि परिवारसँग भक्तपुरको सुडालमा बस्दै आएकी हुन्। 

    परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाका बुबा मीनबहादुर श्रेष्ठले बताए। 

    आर्थिक अभावका र छोरी गोमाले पढाइमा देखाएको लगावका कारण  खनियापानी छाडेर भक्तपुरको सुडाल आएको उनले बताए । एसइइ नतिजा सार्वजनिक हुँदा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।

    चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइइ दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबर पाएपछि आफ्नो नतिजा खोज्न थालिन्। नतिजा आउँदा उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन्।

    सामुदायिक विद्यालयमा अध्ययन गर्दै उच्चतम अङ्क प्राप्त गरेकी गोमा भक्तपुरका ३० उत्कृष्ट विद्यार्थीमध्ये एक हुन भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com