२२.७३ अङ्कले घटेको बजारमा ६ अर्ब ८५ करोड बढीको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

२२.७३ अङ्कले घटेको बजारमा ६ अर्ब ८५ करोड बढीको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • images
    images
    २२.७३ अङ्कले घटेको बजारमा ६ अर्ब ८५ करोड बढीको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?
    images
    images

    काठमाडौँ / आज बुधबारको दिन नेप्से परिसूचक २२.७३ अङ्कले घटेको छ । 

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार आज बुधबार परिसूचक २२.७३ अङ्क अर्थात ०.८६ प्रतिशतले घटेर २ हजार ६१०.२१ बिन्दुमा पुगेको छ । 

    मंगलबार पनि सेयर बजार उच्च अङ्कले घटेको थियो । उक्त दिन परिसूचक ०.४९ प्रतिशत अर्थात १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा बन्द भएको 
    थियो । 

    नेप्सेको अनुसार बजार आज बुधबारसहित लगातार छैठौं दिन समेत ओरालो लागेको हो । आज ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

    बुधबार १० उपसूचक राताम्य भएका छन् । यसदिन फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशतले शेयर मूल्य बढेको हो । आज १७४ कम्पनीको शेयर मूल्य घट्दा ६६ कम्पनीको मूल्य बढेको छ ।

    विन नेपाल लघुविको शेयर मूल्य सार्वधिक बढ्यो, 

    यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्ठा लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य 

    यसदिन मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ४०३.५० रूपैयाँ कायम भएको छ। यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य ९.४८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १५५ रूपैयाँ पुगेको छ।

    1.PNG

    यी कम्पनीको शेयर सार्वधिक घट्यो

    एसियन हाइड्रोपावरको शेयरभाउ भने सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ। 

    2.PNG

    सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार

    बुधबार कारोबार भएका कम्पनीहरुमध्ये आज पनि सीएचडीसीको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३४ करोड ७३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

    त्यस्तै, एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोपावरको १९ करोड २७ लाख रुपैयाँ लगायत अन्य कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।

    3.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com