देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा पानी पर्ने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा पानी पर्ने पूर्वानुमान

शनिवार, भदौ २२ २०८१
शनिवार, भदौ २२ २०८१
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा पानी पर्ने पूर्वानुमान

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
    मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ  । यस्तैगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

    images
    images

    काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार पनि मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । 

    शनिबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ।

    शनिबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्‍सहित हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बागमती र कर्णाली प्रदेशको एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने पूर्वानुमान छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय