नेप्सेमा उच्च अङ्कको गिरावट, १२ अर्ब ९२ करोडको सेयर कारोबार, कसले कति गुमाए ?

नेप्सेमा उच्च अङ्कको गिरावट, १२ अर्ब ९२ करोडको सेयर कारोबार, कसले कति गुमाए ?

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • images
    images
    नेप्सेमा उच्च अङ्कको गिरावट, १२ अर्ब ९२ करोडको सेयर कारोबार, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । 

    मंगलबार भने नेप्से सामान्य अङ्कले बढेको थियो । तीव्र उतारचढावकाबीच पनि उक्त दिन नेप्से ६.९० अङ्कले बढेर २८३०.१६ विन्दुमा बन्द भएको छ। सोमबार परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अङ्क बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेर बन्द भएको थियो ।

    नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

    आज सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटेको छ । 

    ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

    बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्तको ८.४, मानुषी लघुवित्तको ५.९ प्रतिशत मूल्य बढेको छ । 

    गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत घटेको छ भने हिमालयन पावर पार्टनरको ७.६, सुपरमाइ हाइड्रोपावरको ७.४, तारागाउँ रिजेन्सीको ६.९, सेन्ट्रल फाइनान्सको ६.५, स्वाबलम्बन लघुवित्तको ६.२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घटेको हो । 

    यी १० कम्पनीको उच्च कारोबार

    बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६५० रूपैयाँमा ३० करोड ५२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.२५ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४४ रूपैयाँ ४० पैसामा ३० करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    – नेपाल फाइनान्सः ३० करोड ५२ लाख रुपैयाँ
    – एक्सेल डेभलपमेन्ट बैंकः ३० करोड १५ लाख रुपैयाँ
    – हिमालयन रिइन्स्योरेन्सः २९ करोड ८० लाख रुपैयाँ
    – एनएलजी इन्स्योरेन्सः २८ करोड ३३ लाख रुपैयाँ
    – सानिमा रिलायन्स लाइफः २८ करोड २२ लाख रुपैयाँ
    – अपी पावरः २४ करोड ६२ लाख रुपैयाँ
    – एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १५ लाख रुपैयाँ
    – गुडविल फाइनान्सः २३ करोड ६३ लाख रुपैयाँ
    – सप्तकोशी डेलभपमेन्ट बैंकः २२ करोड ३९ लाख रुपैयाँ
    – सीईडीबी हाइड्रोपावरः २० करोड ११ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com