जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा खर्च गर्यो ५ अर्ब ८९ करोड, कुन कम्पनीले कति ?

जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा खर्च गर्यो ५ अर्ब ८९ करोड, कुन कम्पनीले कति ?

एक बर्षको अवधीमा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ५ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ खर्च गरेका हुन्।

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • images
    images
    जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा खर्च गर्यो ५ अर्ब ८९ करोड, कुन कम्पनीले कति ?
    images
    images

    काठमाडौँ / जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ मा कर्मचारीका लागि ५ अर्ब ८९ करोड रुपैयाँ बढी खर्च गरेको छ।

    जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले कर्मचारीहरूको तलबभत्तामा ५ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ खर्च गरेका हुन्।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा समीक्षा वर्षमा कर्मचारीका लागि गरिएको खर्च ५.८८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बीमकहरुले कर्मचारीहरुका लागि ५ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ खर्च गरेका थिए। 

    सबैभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ, कममा राष्ट्रिय जीवन बीमा कम्पनी

    हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा हिमालयन लाइफ इन्स्यारेन्स रहेको छ भने सबैभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । 

    हिमालयन लाइफले एक बर्षको अवधीम ८८ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि, यो खर्च अघिल्लो वर्षको तुलनामा ११.३१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष कम्पनीले ९९ करोड ७० लाख रुपैयाँ खर्च गरेको थियो।

    यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ५९ लाख ८४ हजार रुपैयाँ कर्मचारीको तलब र भत्तामा गरेका छन्। यो खर्च अघिल्लो वर्षको तुलनामा ६.४६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ५६ लाख २१ करोड रुपैयाँ खर्च गरेको थियो।

    अन्य कुन कम्पनीको खर्च कति ? 

    हिमालयन लाइफ इन्स्यारेन्सपछि कर्मचारीका लागि दोस्रो धेरै खर्च गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले तलब र भत्तामा ७४ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनाम समीक्षा वर्षमा कम्पनीले कर्मचारीका लागि गरेको खर्च १२.७० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ८५ करोड ९ लाख रुपैयाँ खर्च गरेको थियो। 

    यस्तै, तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले कर्मचारीको तलब र भत्तामा ६० करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खर्च ३.३३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो खर्च ६२ करोड ६२ लाख रुपैयाँ रहेको थियो। 

    त्यसैगरी, एक बर्षको अवधीमा कर्मचारीको तलब र भत्तामा नेसनल लाइफले ४८ करोड ३८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४६ करोड ७६ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४१ करोड ६३ लाख रुपैयाँ, मेट लाइफले ३६ करोड ८८ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले ३५ करोड ९० लाख रुपैयाँ र एसियन लाइफले ३४ करोड २० लाख रुपैयाँ खर्च गरेका छन्।

    यसैगरी समीक्षा वर्षमा सिटिजन लाइफले ३२ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाइफले ३१ करोड ३१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २९ करोड २९ लाख रुपैयाँ र आइएमई लाइफले २९ करोड २६ लाख रुपैयाँ खर्च गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com