सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • images
    images
    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने
    images
    images

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ लाख १५ हजार ३५५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    कम्पनीले १ लाख ३९ हजार ६८३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी र ७५ हजार ६७२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    सर्वसाधारण लगानीकर्ताहरूले यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यस्तै, विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुलाइएको शेयरका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेस गर्नुपर्नेछ ।

    विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उल्लेखित शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com