ग्राण्डी अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

ग्राण्डी अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • ग्राण्डी अस्पतालको तीज अफर : महिलालाई उपचारमा विशेष छुट

     काठमाडौँ / ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले तीज अफर ल्याएको छ । हिन्दू नारीहरुको विशेष पर्व तीजलाई लक्षित गरेर अस्पतालले महिलाहरुलाई उपचारमा छुटसहितको तीज अफर ल्याएको हो । 

    images
    images

    काठमाडौँको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियतको व्यवस्था छ।

    ग्राण्डीले रु चार हजार ६०० मा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, पेटको अल्टासाउण्डलगायतका सेवा प्रदान गर्न लागेको हो ।

    अस्पतालका मार्केटिङ शाखाका प्रमुख भास्कर कुमार दासले  महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले महिलालाई चेकजाँचमा सहुलियतको व्यवस्था  गरेको बताए ।

    ग्राण्डीले हरेक वर्ष झैँ यसवर्ष पनि तीजको अवसरमा सहुलियत प्रदान गरेको हो । आजदेखि सुरु भएको उक्त सेवा आगामी भदौ महिनाभर लागू हुने अस्पतालले जनाएको छ।

    ग्राण्डीले विभिन्न चाडपर्व र अस्पताल स्थापनाको समयमा विभिन्न छुट दिँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय