सोलुखुम्बुको थामेमा बाढी : एक होटल र दुई घर बगायो, तटीयक्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह

सोलुखुम्बुको थामेमा बाढी : एक होटल र दुई घर बगायो, तटीयक्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • सोलुखुम्बुको थामेमा बाढी : एक होटल र दुई घर बगायो, तटीयक्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह

    सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ।

    images
    images

    खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे।

    थामे गाउँमा बाढीले क्षति पुर्‍याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए। उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको बताए।

    प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइसकिएको छ। नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए।

    स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन्। क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय