नेपाल पुनर्बीमा कम्पनीको नाफा साढे ५१ करोड माथि, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

नेपाल पुनर्बीमा कम्पनीको नाफा साढे ५१ करोड माथि, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    नेपाल पुनर्बीमा कम्पनीको नाफा साढे ५१ करोड माथि, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा नेपाल पुनर्बीमा कम्पनीले साढे ५१ करोड माथि नफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा १३.४९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    वित्तीय विवरणअनुसार शेयरपुँजी १२ अर्ब ८१ करोड रुपैयाँ भएको कम्पनीले तेस्रो त्रैमाससम्म ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.१७ प्रतिशतले घटेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६ अर्ब ३९ करोड ५२ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८.५७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ, महाविपत्ति कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर ४.०३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ४.६५ रुपैयाँ थियो। पीई रेसियो १९२.५५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com