नेशनल इन्स्योरेन्सको बार्षिक वित्तीय विवरण : नाफा ५१.९७ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

नेशनल इन्स्योरेन्सको बार्षिक वित्तीय विवरण : नाफा ५१.९७ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    नेशनल इन्स्योरेन्सको बार्षिक वित्तीय विवरण : नाफा ५१.९७ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा नेशनल इन्स्योरेन्स कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमाससम्मको तुलनामा ५१.९७ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १७ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३४.३७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ४६ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    २०८१ असार मसान्तसम्ममा कम्पनीले ९० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.५२ प्रतिशतले घटेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले १ अर्ब १ करोड ९० लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यता, शेयर पुँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८७ करोड ९० लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा २ करोड ३ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब १७ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ९६ करोड ३ लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा ३४ लाख १७ हजार रुपैयाँ थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com