ओरिएन्टल इन्स्योरेन्सको नाफा ८३ प्रतिशतले बढेर ५९ करोड ६१ लाख पुग्यो, कुल बीमा शुल्क आर्जन कति ?

ओरिएन्टल इन्स्योरेन्सको नाफा ८३ प्रतिशतले बढेर ५९ करोड ६१ लाख पुग्यो, कुल बीमा शुल्क आर्जन कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    ओरिएन्टल इन्स्योरेन्सको नाफा ८३ प्रतिशतले बढेर ५९ करोड ६१ लाख पुग्यो, कुल बीमा शुल्क आर्जन कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८३.३७ प्रतिशतले बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको थियो । 

    यता, चुक्तापुँजी २५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड २७ लाख रुपैयाँ रहेको छ।

    यस्तै, वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको यिो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ८३.३७ प्रतिशतले बढोत्तरी भएको छ।

    २०८१ असार अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७.४३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले २ अर्ब ११ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४९.४७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com