एक बर्षमा एनआईसी एशिया बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

एक बर्षमा एनआईसी एशिया बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • images
    images
    एक बर्षमा एनआईसी एशिया बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
    images
    images

    काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

    समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १२ अर्ब २छ करोड ८८ लाख ११ हजार रुपैयाँ थियो ।  

    यस्तै, खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेर २ अर्ब ७७ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ३२ करोड २४ लाख ७७ हजार रुपैयाँ थियो । 

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड ९३ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

    सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेको छ। अघिल्लो आवमा ६ अर्ब ५३ करोड ६७ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा गष्त आवमा ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।

    १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.९५ प्रतिशत बढेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ। 

    असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com