प्रभु बैंकको नाफामा उछाल : इम्पेयरमेन्ट चार्ज घट्यो, प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

प्रभु बैंकको नाफामा उछाल : इम्पेयरमेन्ट चार्ज घट्यो, प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • प्रभु बैंकको नाफामा उछाल : इम्पेयरमेन्ट चार्ज घट्यो, प्रतिशेयर आम्दानी र अन्य सूचकमा कति छ प्रगति ?

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सकारात्मक देखिएको छ ।

    images
    images

    विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २८ करोड २ लाख १९ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब २ करोड २५ लाख ५४ हजार रुपैयाँ रहेको छ । अघिल्ले बर्ष बैंकको यस्तो आम्दानी १० अर्ब ६ करोड ६४ लाख ४४ हजार रुपैयाँ थियो । 

    यता, सञ्चालन नाफा ३५४.६२ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको चौथो त्रैमासमा १ अर्ब ५५ करोड १८ लाख ४७ हजार रुपैयाँ सञ्चालन नाफा गरेकोमा बैंकले समीक्षा अवधिमा ७ अर्ब ५ करोड ५० लाख ४५ हजार रुपैयाँ यस्तो नाफा गरेको छ ।

    यता, अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी , सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा बैंकको नाफा भारी मात्रामा बढ्न पुगेको छ । 

    २३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ।

    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। यस बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय