खीर खानुका फाइदा तपाईंलाई थाहा छ ?

खीर खानुका फाइदा तपाईंलाई थाहा छ ?

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • खीर खानुका फाइदा तपाईंलाई थाहा छ ?

    आज साउन पन्ध्र खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । सबै परीवार जम्मा भएर खीर खाने परम्परा रहेको छ ।

    नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । 

    खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनी खीर खाने चलन रहेको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । 

    यस्ता छन् खिरका फाइदा

    – खीर बच्चा, वृद्ध सबैलाई  उपयुक्त खानेकुरा हो।

    – तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै  मात्रामा खान उपयुक्त हुन्छ। 

    – पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।

    – चामलमा कार्बोहाड्रेट पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।

    – चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ। 

    – गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं। 

    – खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ। 

    – खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ। 

    – खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई  खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com