आज चार कम्पनीको सेयर मूल्यमा सर्किट, उच्च कारोबार भएका शीर्ष १० कम्पनी कुन-कुन ?

आज चार कम्पनीको सेयर मूल्यमा सर्किट, उच्च कारोबार भएका शीर्ष १० कम्पनी कुन-कुन ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • images
    images
    आज चार कम्पनीको सेयर मूल्यमा सर्किट, उच्च कारोबार भएका शीर्ष १० कम्पनी कुन-कुन ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ।

    यो विन्दु गत २८ महिनायताकै उच्च विन्दु हो। यसअघि २०७८ चैत १६ गते २५६८.२६ विन्दुमा नेप्से पुगेको थियो।यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। 

    बुधबार १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी नौ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक २.९५ प्रतिशतले बढेको छ।

    यस दिन ३२० वटा धितोपत्रको तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

    आज सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७३५ रूपैयाँमा ३४ करोड १७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५२ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४८ रूपैयाँ ५० पैसामा २४ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    आज उच्च कारोबार भएका १० कम्पनी

    – सानिमा जीआईसी इन्स्योरेन्स ३४ करोड १७ लाख रुपैयाँ

    – हिमालयन लाइफः २४ करोड ६४ लाख रुपैयाँ
    – शिवम सिमेन्टः २३ करोड ७२ लाख रुपैयाँ
    – फर्स्ट माइक्रोफाइनान्सः २३ करोड ५९ लाख रुपैयाँ
    – हिमालयन रिइन्स्योरेन्सः २० करोड ६८ लाख रुपैयाँ
    – नेपाल फाइनान्सः १९ करोड ९८ लाख रुपैयाँ
    – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः १९ करोड रुपैयाँ
    – एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ५६ लाख रुपैयाँ
    – छिमेक लघुवित्तः १७ करोड ८९ लाख रुपैयाँ
    – सानिमा माई हाइड्रोपावरः १७ करोड ६२ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com