images
Logo
images

अर्बपतिको विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा

अर्बपतिको विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • images
    images
    अर्बपतिको विवाह समारोहका लागि कार्दासियन दिदीबहिनी भारतमा
    images
    images
    एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले आयोजना गर्नुभएको भव्य तीन दिने विवाह समारोहमा सहभागी हुन शुक्रबार देखिनुभएका विश्वव्यापी सेलिब्रेटीहरूमध्ये सोसलाइट दिदीबहिनी किम र ख्लो कार्दासियन पनि हुनुहुन्थ्यो । 
     
    अम्बानीका कान्छा छोरा अनन्त र उहाँकी २९ वर्षीया मङ्गेतर राधिका मर्चेन्टले महिनौँको पार्टीहरूपछि साताको अन्त्यमा वित्तीय राजधानी मुम्बईमा विवाह बन्धनमा बाँधिनुअघि वैवाहिक फजुल खर्चमा नयाँ मापदण्ड स्थापित गर्नुभएको छ । 
     
    यसअघिका समारोहहरूमा एक हजार दुई सय पाहुनाका लागि युरोपेली क्रुज, अम्बानी परिवारको पैतृक घरमा उद्देश्य–निर्मित हिन्दू मन्दिर र आर एन्ड बि स्टार रिहाना तथा क्यानाडाका जस्टिन बिबरको निजी प्रदर्शन सामेल थिए । 
     
    प्रसिद्ध विदेशी भिआइपीहरूमा कार्दासियनको उपस्थिति लामो पङ्क्तिमा सबैभन्दा नयाँ हो । दिदी किमले इन्स्टाग्राममा ‘स्टोरी’ साझा गर्नुभएको छ । यसमा उहाँको आगमनलगत्तै उहाँको कारलाई भारतीय फोटोग्राफरहरूले घेरेको र दुवै दिदीबहिनीले उहाँहरूको लक्जरी होटलमा कर्मचारीहरूबाट फूलको माला प्राप्त गरिरहेको देखाइएको छ । 
     
    अम्बानी परिवारको समूहको स्वामित्व रहेको विशाल सम्मेलन केन्द्रमा अभिनेता जोन सेनालगायत सेलिब्रिटी पाहुनाहरूले कार्यक्रम स्थल पुगेपछि रेड कार्पेटमा क्यामेराका लागि पोज दिनुभएको थियो । 
     
    बेलायतका पूर्वप्रधानमन्त्रीद्वय बोरिस जोनसन र टोनी ब्लेयरलाई पनि शुक्रबार सुरु हुने पार्टीअघि मुम्बई विमानस्थलमा पत्रकारहरूले देखेका थिए । 
     
    जुनमा दम्पती चार दिने भूमध्यसागरीय क्रुजमा निस्कँदा गायिका केटी पेरीले कान्सको फ्रान्सेली च्याटोमा मास्करेड बल प्रदर्शन गर्नुभएको थियो । ब्याकस्ट्रिट ब्याइज, अमेरिकी र्यापर पिटबुल र इटालेली टेनर एन्ड्रिय बोसेलीले पनि मनोरञ्जन प्रदान गर्नुभएको थियो । 
     
    यसअघिका गालाहरूमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काका साथै भारतीय खेल तथा मनोरञ्जन जगत्का दिग्गजहरू पनि सहभागी हुनुहुन्थ्यो । 
     
    यो साताको भव्य उत्सवहरूमा अझै धेरै सेलिब्रिटी, राजनीतिज्ञ र विश्वव्यापी व्यापारिक सभ्रान्तहरूले मनसुन प्रभावित मुम्बईको भ्रमण गर्दैछन् ।
     
    आयोजना स्थल वरपरका धेरै प्रमुख सडकहरूलाई अधिकारीहरूले अधिकांश सप्ताहन्तका लागि सर्वसाधारणका लागि बन्द गरेका छन् । 
     
    शुक्रबार १६ हजार व्यक्ति अट्ने स्थलमा मुख्य औपचारिक समारोह हुनेछ । शनिबार छुट्टै ‘आशीर्वाद समारोह’ र आइतबार भव्य स्वागत समारोह हुनेछ ।
     
    एक खर्ब २३ अर्ब डलर सम्पत्ति
     
    अनन्तका बुबा मुकेश परिवारले स्थापना गरेको समूह रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुनुहुन्छ । यो मार्केट क्यापका हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनीमा परिणत भएको छ । 
     
    फोर्ब्सका अनुसार एक खर्ब २३ अर्ब डलरभन्दा धेरै सम्पत्तिसहित अम्बानी पुरुष संसारमा विश्वको ११औँ सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँले सन् २०१८ मा आफ्नी छोरीका लागि भारतमा अहिलेसम्मकै सबैभन्दा महँगो विवाह समारोह आयोजना गर्नुभएको थियो । उक्त विवाहमा कथितरूपमा एक अर्ब डलर खर्च भएको थियो र समारोहमा अमेरिकी गायिका बेयोन्सले प्रस्तुति दिनुभएको थियो । 
     
    अम्बानी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सहयोगी समेत हुनुहुन्छ । उहाँलाई तेल, ग्यास र पेट्रोकेमिकल्समा फराकिलोरूपमा फस्टाउँदै गरेको औद्योगिक उद्यम विरासतमा प्राप्त भयो र उहाँले यसलाई व्यावसायिक दिग्गजका रूपमा विकसित गर्नुभयो । 
     
    यसका आकर्षक चासोहरूमा अरमानी र अन्य लक्जरी ब्रान्डका साथ खुद्रा साझेदारी, भारतको मोबाइल फोन बजारको ४० प्रतिशतभन्दा बढी हिस्सा र भारतीय प्रिमियर लिग क्रिकेट टोली समावेश छन् ।
     
    उहाँको २७ तलाको पारिवारिक घर एन्टिलिया मुम्बईको सबैभन्दा प्रमुख स्थलमध्येको एक हो । छ सय सेवकहरूको स्थायी कर्मचारीका साथ उक्त घरको निर्माणमा कथितरूपमा एक अर्ब डलरभन्दा बढी खर्च भएको छ ।
     
    मर्चेन्ट प्रसिद्ध फर्मास्युटिकल मोगल (शक्ति, प्रभाव र सम्पत्ति भएको) की छोरी हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com