मनसुनमा लुगा सुकाउन समस्याको लागि माइडिया फ्रन्ट लोड वासर ड्रायर

मनसुनमा लुगा सुकाउन समस्याको लागि माइडिया फ्रन्ट लोड वासर ड्रायर

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • images
    images
    मनसुनमा लुगा सुकाउन समस्याको लागि माइडिया फ्रन्ट लोड वासर ड्रायर
    images
    images

    काठमाडौँ / के तपाईंलाई मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ। यस्तो समस्या समाधाका लागि वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाले माइडिया फ्रन्ट लोड वासर ड्रायर बजामा ल्याएको छ । 

    यसले तपाईको घरायसी कामलाई सरल र सजिलो बनाउने कम्पनीको दावी छ । 

    नेपाली बजारमा लोकप्रियता कमाएको माइडिया वासर ड्रायरले तपाईका लुगाहरूलाई सफा र सुक्खा राख्न सम्पूर्ण समाधान प्रदान गर्दछ ।

    माइडिया फ्रन्ट लोड वासर ड्रायरमा ८ किलोग्रामको वासिंग क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ, जसले तपाईको दैनिक लुगाहरूको धुलाईलाई छिटो र प्रभावकारी बनाउँछ। 

    इनभर्टर क्वाट्रो मोटर र वाटर क्युब ड्रम जस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्छ।

    १४०० आरपिएमको उच्च स्पिन स्पीड र १४ वटा विभिन्न प्रोग्रामहरूले तपाईको आवश्यकता अनुसार धुलाई र सुकाउने प्रक्रिया सजिलो बनाउँछ।

    टाइटेनियम रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउँछ। 

    यसको मजबुत निर्माण र ६५ किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ। साथै, मिडियाले १ वर्षको कम्प्रहेन्सिभ वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी प्रदान गर्दछ, जसमा बाहिरी स्टील केसिंग, टप लिड, फिल्टर, र पाइपहरू बाहेकका सबै भागहरू समेटिन्छन्।

    यस वासर ड्रायरले स्मार्ट होम सुविधा पनि प्रदान गर्छ, जसले तपाईलाई आफ्नो स्मार्टफोनबाट वासिंग र ड्राइंग प्रक्रिया नियन्त्रण गर्न अनुमति दिन्छ। 

    थप रूपमा, क्विक १५ मिनेट वास,  अटो ड्राइ, एयर फ्रेश, र मौसम(केन्द्रित सुविधाहरूले तपाईको लुगाहरूलाई छिटो, ताजा, र मौसम अनुसार सुकाउन मद्दत गर्छ।

    मनसुनमा तपाईका लुगाहरूलाई प्रभावकारी तरिकाले धुलाई र सुक्खा गर्न मिडिया फ्रन्ट लोड वासर ड्रायर उपयोगी हुनेछ । 

    माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर  डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा उपलब्ध छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com