कांग्रेस-एमालेबिचको सहमतिले सेयर बजारमा उत्साह, शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

कांग्रेस-एमालेबिचको सहमतिले सेयर बजारमा उत्साह, शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • कांग्रेस-एमालेबिचको सहमतिले सेयर बजारमा उत्साह, शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

    काठमाडौँ / सरकार परिवर्तनबारे कांग्रेस र एमालेबिच सहमति भएसँगै खुलेको मंगलबारको सेयर बजारमा उत्साह देखिएको छ । 

    images
    images

    पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको हो। यसअघि आज कारोबार खुलेको १ मिनेटमै पहिलो सर्किट लागेको थियो।

    नेप्से परिसूचक ५ प्रतिशत अर्थात १०२=६८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २१५६=०७ को विन्दुमा पुगेको छ। शेयर कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।

    नेकपा एमाले नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार बन्ने खबरसँगै उछाल आएको बजारमा २३२ कम्पनीको शेयरभाउ बढेको छ। सर्वाधिक शेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको बढेको छ भने एनआईसी एसिया बैंकको शेयरभाउ १० प्रतिशतले बढेको छ।

    युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, मनकामना स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल बैंक र इन्फिनिटी लघुवित्तको शेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा बढेको छ।

    सोमबार राती एमाले र काँग्रेस बिच सत्ता साझेदारीको सहमति भएसँगै अर्थसहित ९ वटा मन्त्रालय एमालेले र गृहसहित १० वटा मन्त्रालय काँग्रेसले नेतृत्व लिने सहमति भएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com