यी हुन बजार १४ अंकको गिरावट हुदा पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

यी हुन बजार १४ अंकको गिरावट हुदा पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • यी हुन बजार १४ अंकको गिरावट हुदा पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको गिरावट भएको छ ।

    images
    images

    आज साताको पहिलो कारोबारको दिन नेप्से १४ दशलमव ८३ अंकले घटेर २,०३७ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    उच्च कारोबार गर्ने शीर्ष १० कम्पनी

    आज बजार घट्दा १० वटा कम्पनीबाट उच्च कारोबार भएको छ । जसमा पहिलो स्थानमा नेपाल फाइनान्स लिमिटेड रहेको छ । यस कम्पनीको १२ करोड ८८ लाख रुपैयााको शेयर कारोबार भएको छ । 

    जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड इदी मर्दिको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    १) नेपाल फाइनान्सः १२ करोड ८८ लाख रुपैयाँ

    २) जानकी फाइनान्सः ११ करोड ९८ लाख रुपैयाँ

    ३) युनाइटेड इदी मर्दीः १० करोड ३९ लाख रुपैयाँ

    ४) मुक्तिनाथ कृषि कम्पनीः ९ करोड ४० लाख रुपैयाँ

    ५) एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ९४ लाख रुपैयाँ

    ६) माथिल्लो मैलुङ खोला जलविद्युतः ८ करोड ३४ लाख रुपैयाँ

    ७) गुडविल फाइनान्सः ७ करोड १५ लाख रुपैयाँ

    ८) आईसीएफसी फाइनान्सः ६ करोड ७१ लाख रुपैयाँ

    ९) नेपाल वेयरहाजिङः ६ करोड २७ लाख रुपैयाँ

    १०) माउन्टेन इनर्जीः ६ करोड १९ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com