११ महिनामा लघु बीमा कम्पनीले संकलन गरे पौने २ करोड माथि बीमाशुल्क, कुनको कति ?

११ महिनामा लघु बीमा कम्पनीले संकलन गरे पौने २ करोड माथि बीमाशुल्क, कुनको कति ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    ११ महिनामा लघु बीमा कम्पनीले संकलन गरे पौने २ करोड माथि बीमाशुल्क, कुनको कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ११ महिनामा अर्थात जेठ मसान्तसम्ममा ठूला निर्जीवन बीमकले पौने २ करोड रुपैयाँबराबरको लघु बीमा व्यवसाय गरेका छन्।

    नेपाल बीमा प्राधिकरणको आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार ११ निर्जीवन बीमा कम्पनीले १९ हजार २३२ वटा लघु बीमालेख जारी गर्दै १ करोड ७४ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। 

    नेको इन्स्योरेन्स कम्पनीको सार्वधिक

    ठूला कम्पनीमध्ये लघु बीमा व्यवसायमा नेको इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले ५ हजार ५०१ वटा लघु बीमालेख जारी गर्दै १ करोड २३ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    अन्य कुन कम्पनीको कति ? 

    दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरले यो ११ महिनामा १२ हजार २२० वटा लुघ बीमालेख जारी गर्दै १७ लाख ३३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    कुल बीमाशुल्क १६ लाख ३३ हजार रुपैयाँसहित प्रभु इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनी ११ महिनामा ७३५ वटा लघु बीमालेख जारी गरेको छ।

    यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ६ लाख ४८ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियम इन्स्यारेन्स कम्पनीले ५ लाख ३ हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले ३ लाख ३८ हजार र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ लाख ४२ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com