‘विश्वभर हरेक पाँचमध्ये चार व्यक्तिले जलवायु परिवर्तनजन्य सङ्कट व्यवस्थापनमा सरकारको प्रतिबद्धता चाहन्छन्’

‘विश्वभर हरेक पाँचमध्ये चार व्यक्तिले जलवायु परिवर्तनजन्य सङ्कट व्यवस्थापनमा सरकारको प्रतिबद्धता चाहन्छन्’

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • ‘विश्वभर हरेक पाँचमध्ये चार व्यक्तिले जलवायु परिवर्तनजन्य सङ्कट व्यवस्थापनमा सरकारको प्रतिबद्धता चाहन्छन्’

    विश्वका प्रत्येक पाँचमध्ये चार व्यक्तिले आफ्नो देशले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई बलियो बनाउनुपर्छ भन्ने धारणा राखेका संयुक्त राष्ट्रसङ्घीय एक सर्वेक्षण देखाएको छ ।

    images
    images

    बिहीबार प्रकाशित सर्वेक्षण रिपोर्टमा विश्वभरका ७५ हजार सहभागीले भाग लिएका थिए । 

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपि), अक्सफोर्ड विश्वविद्यालय र जियोपोलले गरेको सर्वेक्षणमा विश्वको ८७ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने ७७ देशका मानिसहरूलाई टेलिफोन सम्पर्कद्वारा १५ वटा प्रश्नहरू सोधिएको थियो । 

    उनीहरूमध्ये ८० प्रतिशत उत्तरदातामा आफ्नो सरकारले विश्वव्यापी तापमानबिरूद्ध लड्ने प्रयासहरू बढाउनुपर्ने चाहना रहेको सर्वेक्षणको निष्कर्ष रहेको छ ।

    विश्वको सबैभन्दा बढी हरितगृह ग्याँस उत्सर्जक चीन र संयुक्त राज्य अमेरिकाका उत्तरदाता पनि जलवायु परिवर्तन व्यवस्थापन कार्यको पक्षमा रहेको सर्वेक्षणले देखाएको छ । 

    “विश्व समुदायको नेतृत्वले सन् २०२५ सम्ममा पेरिस सम्झौताअन्तर्गत अर्को चरणको प्रतिज्ञा गर्ने निर्णय गरिरहँदा विश्वको जनसङ्ख्याले जलवायु व्यवस्थापन कार्यलाई समर्थन गरको यो सर्वेक्षण निर्विवाद प्रमाण हुन सक्छ,” युएनडिपीका अन्तराष्ट्रिय जलवायु निर्देशक क्यासी फ्लिनले भन्नुभयो ।

    सर्वेक्षण गरिएको ७७ देशमध्ये ६२ देशका अधिकांश उत्तरदाताले जीवाश्म ईन्धनबाट स्वच्छ ऊर्जाको प्रयोगतर्फ परिणत हुनुपर्ने बताएका थिए । 

    विश्व्यापी तापमान पनि हाल चिन्ताको विषय बनेको सर्वेक्षणले देखाएको छ । 

    उत्तरदातामध्ये ५६ प्रतिशतले हप्तामा कम्तिमा एक पटक जलवायु परिवर्तनको बारेमा सोच्ने बताएका छन् । साथै आधाभन्दा बढी ५३ प्रतिशत जनसङ्ख्याले गत वर्षको तुलनामा जलवायु परिवर्तन थप चिन्ताको विषय बनेको बताएका छन् ।  

    सर्वेक्षणमा दुई तिहाइभन्दा बढी ६९ प्रतिशत उत्तरदाताले बढ्दो विश्वव्यापी तापमानले जीवनयापनमा असर पारेको बताएका छन् । 

    युएनडिपीका प्रमुख अचिम स्टेनरले यी विषय चुनावी र उपभोक्ता निर्णयहरूमा अनुवाद नहुने बताउनुभयो । 

    “म त गर्छु तर अरुले गर्दैनन् । मैले मात्र गरेर केही हुँदैन,”  स्टेनरले जलवायु व्यवस्थापन कार्यमा मानिसहरूको धारणा उद्धत गर्दै भन्नुभयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com