एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति कति ?

एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति कति ?

बुधवार, असार ५ २०८१
बुधवार, असार ५ २०८१
  • एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनी व्यक्ति, कुल सम्पत्ति कति ?

    काठमाडौँ / विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ । टेस्लाका सिईओ तथा एलन मस्क पुनः विश्वका सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन्। 

    images
    images

    ब्लुमबर्ग बिलेनियरको तथ्याङ्क अनुसार केहि दिनअघि मात्रै विश्वको धनाढ्यको सूचीमा दोस्रो स्थानमा झरेका मस्कले पुनः शीर्ष धनाढ्यको ताज हासिल गरेका हुन् ।  धनको दौडमा उनले हालसम्म नम्बर १ स्थानमा रहेका जेफ बेजोसलाई पछाडि पारेका छन् ।

    सम्पत्तिमा आएको उछालका कारण मस्कले बेजोसलाई पछि पारेका हुन् । मस्कको सम्पत्ति ६.७४ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति २१४.१ अर्ब डलर पुगेको छ ।  

    विश्व धनाढ्यको सूचीको दोस्रो स्थानमा रहेका जेफ बेजोसको सम्पत्ति भने २००.४ अर्ब डलर रहेको छ । ब्लुमबर्गको रिर्पोटका अनुसार विश्वका शीर्ष १० धनाढ्यको सूचीमा ३ जना अरबपति २ सय अर्ब डलर क्लबमा समावेश छन् । एलन मस्कको कुल सम्पत्ति २१४.१अर्ब डलर, जेफ बेजोसको २००.४ अर्ब डलर र फ्रान्सेली धनाढ्य बनार्ड अर्नल्टको कुल सम्पत्ति १९२.९ अर्ब डलर छ ।  

    विश्वको चौथो धनाढ्य ल्यारी एलिसनको कुल सम्पत्ति १७६.१ अर्ब डलर छ । त्यस्तै मार्क जुकरबर्ग १७५.१ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको सूचीको ५ औं स्थानमा छन् ।  

    एशिया महादेशको सबैभन्दा धनी व्यक्तिको स्थानमा भने भारतीय धनाढ्य मुकेश अम्बानी यथावत छन् । उनको कुल सम्पत्ति ११३ अर्ब डलरबराबर छ । विश्व धनाढ्यको सूचीमा भने अम्बानी १३ औं स्थानमा छन् ।

    यी हुन् टप टेनमा रहेका व्यक्तिहरू 

    १. एलोन मस्क
    कुल सम्पत्ति– २१४.१ बिलियन डलर

    २. जेफ बेजोस
    कुल सम्पत्ति २००.४ बिलियन डलर

    ३. बर्नार्ड अर्नाल्ट
    कुल सम्पत्ति– १९२.९ बिलियन डलर

    ४. ल्यारी एलिसन
    कुल सम्पत्ति– १७६.१ बिलियन डलर

    ५. मार्क जुकरबर्ग
    कुल सम्पत्ति– १७५.१ बिलियन डलर

    ६. ल्यारी पेज
    कुल सम्पत्ति– १४४.८ बिलियन डलर

    ७. सर्गेई ब्रिन
    कुल सम्पत्ति– १३८.७ बिलियन डलर

    ८. वारेन बफेट
    कुल सम्पत्ति– १३४.३ बिलियन डलर

    ९. बिल गेट्स
    कुल सम्पत्ति– १३३.६ बिलियन डलर

    १०. स्टीव बाल्मर
    कुल सम्पत्ति– १३०.६ बिलियन डलर

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com