प्रभु बैँकका कर्मचारी तथा ग्राहहरुले  धुलिखेलको आगन्तुक रिसोर्टमा पाउँछन् यस्ता सुविधा

प्रभु बैँकका कर्मचारी तथा ग्राहहरुले  धुलिखेलको आगन्तुक रिसोर्टमा पाउँछन् यस्ता सुविधा

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • images
    images
    प्रभु बैँकका कर्मचारी तथा ग्राहहरुले  धुलिखेलको आगन्तुक रिसोर्टमा पाउँछन् यस्ता सुविधा
    images
    images

    काठमाडौं/ प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा पुग्दा विभिन्न छुट सुविधा पाउने भएको छ ।  बैंकले एक समारोहका बिच बैँकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीद्वारा सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । 

    चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य बिभिन्न हिमालहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ ।


    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com