सेती लोकमार्गः कतै कालोपत्र हुँदै, कतै ट्र्याक खुल्दै, यसरी हुँदैछ काम

सेती लोकमार्गः कतै कालोपत्र हुँदै, कतै ट्र्याक खुल्दै, यसरी हुँदैछ काम

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • images
    images
    सेती लोकमार्गः कतै कालोपत्र हुँदै, कतै ट्र्याक खुल्दै, यसरी हुँदैछ काम
    images
    images

    सेती लोकमार्ग अन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । 

    त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । 

    सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ । सडक कालोपत्रका लागि रु ३१ करोड प्राप्त भएको छ। 

    कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ  जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ ।

    दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । 

    यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर  ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ । 
     
    कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ । 

    अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले दिए । 

    बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।
     
    चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन भएको छ । सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड  छुट्याइएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com