images
Logo
images

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला, विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवाल जवाफ गर्न पाउने

अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला, विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवाल जवाफ गर्न पाउने

बिहिवार, जेठ १७ २०८१
बिहिवार, जेठ १७ २०८१
  • अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला, विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवाल जवाफ गर्न पाउने

    चितवन / यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो । 

    images
    images

    आयोजक नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानलाई एकै ठाउँमा सबै कुरा उपलब्ध गराउने गरी पाठशाला सञ्चालन गरिने बताए। 

    उनले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यकपर्ने औषधि, दाना, चल्ला, खोर, फर्मलगायत सम्पूर्ण विषयबारे प्रविधिसहित किसानलाई शिक्षा दिने बताए । उनले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो आयोजना गरिएको बताए । 

    कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुरवीर सिंहले एक्स्पोमा तिन दिन नै पाठशाला सञ्चालन हुने बताए । 

    उनका अनुसार भारत, क्यानाडा, नेपाललगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा छ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी  दिँदै सिंहले सो अवसरमा किसानसँग पनि छलफल गरिने जानकारी दिए । 

    उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरापालक किसानले प्रत्यक्ष सवाल जवाफ गर्न पाउनुहुनेछ ।” जहाँ डिजिटल पोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिइनेछ । 

    भारतीय पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घका अध्यक्ष उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताए । 

    नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने जिकिर गरे । 

    नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नवीनतम प्रविधिको प्रयोग गरी व्यावसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा हुने एक्स्पो भरतपुरको चितवन एक्स्पो केन्द्रमा हुनेछ । 

    एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छीपालन, प्रशोधन र बजारीकरणसम्बन्धी प्रदर्शनी हुनेछ । 

    एक्स्पोमा एक सय ५० प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायत देशका कम्पनीहरुको सहभागिता हुने जनाइएको छ ।

    एक्स्पोले यहाँको पोल्ट्रीसँग अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक्स्पोको पूर्वसन्ध्यामा प्रदर्शक र आगन्तुकले भरतपुरका होटल भरिभराउ भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय