सिएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ्ग सुरु, समय सापेक्षिक योजना तथा उत्पादनहरू पनि सार्वजनिक गर्ने

सिएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ्ग सुरु, समय सापेक्षिक योजना तथा उत्पादनहरू पनि सार्वजनिक गर्ने

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    सिएफ मोटोको टेस्ट ड्राइभ तथा बुकिङ्ग सुरु, समय सापेक्षिक योजना तथा उत्पादनहरू पनि सार्वजनिक गर्ने
    images
    images

    काठमाडौँ / ऋषि ट्रेड सेन्टरले सिएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जीहोको एइसिक्स एलआर (डबल ब्याट्री) र सिटी स्पोर्टस् मोडलहरू सार्वजनिक गरेको छ । विश्व विख्यात २ पाङ्ग्रे ब्रान्ड सिएफ मोटो तथा जीहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स गु्रप अन्तर्गतका ऋषि सेन्टरले सिएफ मोटोको उक्त ब्राण्डहरू सार्वजनिक गरेसँगै कम्पनीले टेष्ट ड्राइभ पनि खुल्ला गरेको छ ।

    सिएफको उत्पादनहरूलाई उत्कृष्ट विक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, आफ्टर सेल सर्भिस र ग्राहकहरूलाई सहज सेवा सुविधा दिने हेतुले नेपालकै प्रतिष्ठित तथा अग्रणी व्यापारिक समूह रिलायन्स ग्रुप सिएफ मोटो तथा जीहोलाई नयाँ रूपमा बिक्री वितरणको रणनीतिसहित नयाँ आधिकारिक विक्रेताको रूपमा छनोट भएको हो । 

    विभिन्न उमेर समूहलक्षित सिएफ मोटोका उत्पादन र विद्युतिय सवारी साधन रोज्नेहरूका लागि जीहो ब्रान्डले नेपालमा नयाँ कोशेढुङ्गा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ । 
    सिएफ मोटो तथा जीहोका उत्पादनहरूको टेस्ट ड्राइभ तथा बुकिङ्ग गर्न कम्पनीको नक्साल झ्mम्सीखेल तथा सल्लाघारीस्थित आधिकारिक शोरूममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ ।

    नयाँ आधिकारिक वितरक नियुक्त भएसँगै ऋषि ट्रेड सेन्टरले सिएफ मोटो तथा जीहोलाई नेपालकै अग्रणी २ पाङ्ग्रे बनाउने ध्येयले समय सापेक्षिक योजना तथा उत्पादनहरू सार्वजनिक गर्ने पनि जनाएको छ । जसअन्तर्गत सर्भिस क्याम्प, ग्राहक साक्षात्कार तथा रोड साइड सहायता सेवा लगायतका विभिन्न कार्यहरूको सुरुवात पनि गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com