मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला, भन्छिन्, काम नगरे घरको गुजारा हुँदैन

मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला, भन्छिन्, काम नगरे घरको गुजारा हुँदैन

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला, भन्छिन्, काम नगरे घरको गुजारा हुँदैन

    भजनी (कैलाली) / कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्छन् । 

    images
    images

    दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सुकदेवीले एक महिनादेखि मकै पोलेर बेच्न थालेकी हुन् ।

    दैनिक मजदुरी गर्दा हुने भन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उनले मकै पोल्न थालेकी हुन् । 

    “दिनभर मजदुरी गर्दा छ सय कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु”, उनले भनिन्, “काम नगरे घरको गुजारा हुँदैन । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ ।”

    सोही शिविरमा बस्ने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त छन् । १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उनले बिक्री गर्छन् । 

    हाटबजारका दिन हाटबजारमा र अरु दिन बजारको चौराहमा पोलेको मकै बेचेर उनले छोराछोरीका लागि किताब कापी र पोशाक किनेको बताए ।

    “मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनुपर्छ”, उनले भनिन्, “बालबालिकाको पढाइ खर्च पनि मकैबाट आम्दानी हुने आम्दानीले धानेकी छु । मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।”

    सुकदेवी र जितरानी मात्रै होइनन् । सुकुम्बासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन् ।

    पछिल्लो समय सिँचाइको सुविधा भएपछि किसान मकै खेतीमा आकर्षित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले मकैखेती विस्तारमा सहयोग गरेको छ । 

    कार्यान्वयन इकाइले खाद्यान्न बालीअन्तर्गत मकैमा ६७ कृषक तथा समूहलाई मकै खेती विस्तारमा अनुदान दिएको छ । उनीहरुलाई १२ हेक्टर क्षेत्रफलमा बिज वृद्धि कार्यक्रम सञ्चालन गरिएको आयोजनाका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिए ।

    किसानको मागका आधारमा मकै खेती विस्तारको काम बर्षेनि बढ्दै गएको कार्यान्वयन इकाइका आयोजना प्रमुख भरत कँडेलले जानकारी दिए । 

    “विगतमा किसान मकैखेती थोरै गर्नुहुथ्यो । अहिले गहुँ खेती भित्र्याएपछि मकै खेती गर्ने गर्नुभएको छ”, उनले भने, “वर्षमा तीन पटक खेती गर्न थाल्नुभएको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय