अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ बढ्यो, हेर्नुस् विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७८ पैसा तोकिएको छ ।  

    यता, युरोपियन युरोको भाउ भने आज बढेको छ । यसअघि एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा तोकिएको युरोको भाउ बढेर खरिदमा १४३ रुपैयाँ ३० पैसा र बिक्रीमा १४३ रुपैयाँ ९५ पैसा कायम भएको छ। 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ् एकको खरिदमा १६७ रुपैयाँ ०९ पैसा र बिक्रीमा १६७ रुपैयाँ ८५ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ्को भाउ भने आज घटेको हो । 

    अष्ट्रेलियन डलरको भाउ बढेर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४३ पैसा कायम भएको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५ पैसा तोकिएको थियो । 

    एकको खरिदमा ९७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९१ पैसा तोकिएको क्यानेडियन डलर आज घटेर खरिदमा ९७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा रहेको छ । 
    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४८ पैसा, जापानिज युआन एकको खरिद मूल्य ८ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ७४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६९ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com