समृद्धि फाइनान्सका ग्राहकहरूलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा भारी छुट

समृद्धि फाइनान्सका ग्राहकहरूलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा भारी छुट

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    समृद्धि फाइनान्सका ग्राहकहरूलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा भारी छुट
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनि लिमिटेडले बैशाख २० गते कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौँसँंग समझदारी गरेको छ । आफ्ना ग्राहकहरूलाई थप सुविधा दिनका लागि कम्पनीले उक्त समझदारी गरेको हो । 

    सो समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले भोलि (शुक्रबार)देखि समृद्धि मोबाइल बैङ्किङ्ग, डेविड कार्ड तथा सिआइपिएस प्रयोग गरि उक्त स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउने छन् । 

    यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्कर राज कार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

    नेपाल राष्ट्र बैङ्कबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरूमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैङेकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरू निशूल्क प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com