समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरिङ सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने

समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरिङ सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • images
    images
    समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरिङ सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्स कम्पनीले काठमाडौँको पुतलीसडकस्थित डिलाइट टेलरिङ सेन्टरसँंग समझदारी गरेको छ । 

    उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

    यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेका छन्।

    फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com