समृद्धि फाइनान्सद्वारा निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • images
    images
    समृद्धि फाइनान्सद्वारा निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्सको पुतलीसडक कार्यालयद्वारा एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । शुक्रबार संस्थागत सामाजिक उक्तरदायित्व कार्यक्रमअन्तर्गत समृद्धि फाइनान्सले स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।  

    मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पुतलीसडकको शङ्करदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो । आर्सिया डेन्टल तथा जे.जि.एस आइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए ।  

    सो कार्यक्रममा दन्त परीक्षण अन्तर्गत २८० जना र आँखा परीक्षणमा ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा  लिनु भएको जानकारी फाइनान्सले गराएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरू तय गरेकोमा चैत महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरूको लागि विभिन्न मितिहरूमा अन्य कार्यक्रमहरू आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

    News.jpgनेपाल राष्ट्र बैङ्कबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरूमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैङ्किङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैङ्किङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com