कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा‍. बाबुराम भट्टराईले भने - वैकल्पिक शक्ति बनाएरै छोड्छु

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा‍. बाबुराम भट्टराईले भने - वैकल्पिक शक्ति बनाएरै छोड्छु

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • images
    images
    कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  डा‍.  बाबुराम भट्टराईले भने - वैकल्पिक शक्ति बनाएरै छोड्छु
    images
    images

    काठमाडौँ / नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले अब दायाँबायाँ नगरी वैकल्पिक शक्ति बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन्। 

    नेसपा बागमती र गैरभौगोलिक प्रदेशको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै भट्टराईले वैकल्पिक शक्ति बनाएरै छाड्ने बताए। 

    नेपाल समाजवादी पार्टीले बोकेको एजेन्डा अरु पार्टीकोभन्दा विल्कुलै अग्रगामी रहेको उनको दावी छ। उनले नेसपासँग देश विकासको स्पष्ट मार्गचित्र रहेको पनि बताए।

    भट्टराईले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टीजस्तो भएकाले जनताले आफूहरूलाई विश्वास नगरेको जिकिर गरे । 

    अब सत्ताको च्याँखे थापेर पार्टीमा रहनेहरू गइसकेकाले अब शुद्ध वैकल्पिक तथा अग्रगामी सोचका पक्षधर मात्र भएको बताए। 

    उनले भने, “सत्ताको चास्नी खान चाहनेहरू हाम्रो अभियानमा टिक्न सकेनन्।” उनले कांग्रेस र कम्युनिस्टले देशलाई निकास दिन नसक्ने भएकोले वैकल्पिक शक्तिको अपरिहार्यता झन् बढेको बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com