मूल्यवृद्धि ५.०१ प्रतिशतमा झर्यो, घ्यू तेल सस्तो हुँदा दाल, मरमसला सबैभन्दा बढी महँगियो

मूल्यवृद्धि ५.०१ प्रतिशतमा झर्यो, घ्यू तेल सस्तो हुँदा दाल, मरमसला सबैभन्दा बढी महँगियो

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • images
    images
    मूल्यवृद्धि ५.०१ प्रतिशतमा झर्यो, घ्यू तेल सस्तो हुँदा दाल, मरमसला सबैभन्दा बढी महँगियो
    images
    images

    काठमाडौँ / माघ महिनामा मूल्यवृद्धि ५.०१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको चालू आर्थिक बर्षको ७ महिनाको तथ्याङ्क अनुसार गत बर्षको यसै अवधिको तुलनामा मूल्यवृद्धि घटेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ । 

    समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ । 

    यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । 

    अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो । 

    माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ९.६७ प्रतिशत रहेको थियो । 

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.०५ प्रतिशत, ०.७२ प्रतिशत र १.७९ प्रतिशत रहेको छ । 

    समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३२ प्रतिशतले घटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com