सूर्यज्योति लाइफद्वारा महिलाहरूको सिपमूलक सिलाई कटाई तालिमका लागि सहयोग

सूर्यज्योति लाइफद्वारा महिलाहरूको सिपमूलक सिलाई कटाई तालिमका लागि सहयोग

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • images
    images
    सूर्यज्योति लाइफद्वारा महिलाहरूको सिपमूलक सिलाई कटाई तालिमका लागि सहयोग
    images
    images

    काठमाडौँ / नवलपरासी, सूर्यज्योति लाइफले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा महिलाहरूलाई सिपमूलक सिलाई कटाई तालिम सञ्चालन गरेको छ । 

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता बृद्धि गर्नका लागि निरन्तर रूपमा सिलाई कटाई तालिम सञ्चालन गर्ने उद्दश्यले १० थान सिलाई मेसिन तथा सोसँग सम्बन्धित सामाग्रीहरू हस्तान्तरण गरेको हो । 

    उक्त संस्थाले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगबाट वित्तीय साक्षरता, सिपमूलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्युनीकरण, अनुकूलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

    फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरू सहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थिया । 

    उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरूको आर्थिक क्षमता बृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए । 

    साथै, फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरूको सीपमा विकास गरी उनीहरूलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com