images
Logo
images
images
Logo
images

एक महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गर्यो करिब ३ अर्ब बीमा शुल्क, कुन कम्पनीले कति ?(सूचीसहित)

एक महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गर्यो करिब ३ अर्ब बीमा शुल्क, कुन कम्पनीले कति ?(सूचीसहित)

बुधवार, फागुन १६ २०८०
बुधवार, फागुन १६ २०८०
  • images
    images
    एक महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गर्यो करिब ३ अर्ब बीमा शुल्क, कुन कम्पनीले कति ?(सूचीसहित)
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा मात्र निर्जीवन बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    नेपाल बीमा प्रधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले माघ महिनामा मात्र २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

    माघमा सबै भन्दा बढी बीमा ब्यवसाय गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । कम्पनीले एक महिनामा मात्र ४४ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

    बीमा शुल्क सर्वाधिक संकलन गर्ने दोस्रो नम्मबरमा सगरमाथा लुम्बिनीले ३२ करोड ४९ लाख, तेस्रो नम्बरमा सानिमा जिआइसीले २९ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

    माघ महिनामा सिद्धार्थ प्रिमियरले २९ करोड ७२ लाख, राष्ट्रिय बीमा कम्पनीले २८ करोड, आइजिआइ प्रेन्डिसियलले २७ करोड ८२ लाख, नेको इस्स्योरेन्सले २८ करोड १२ लाख, एनएलजीले १८ करोड २९ लाख रुपैयाँको बीमा ब्यवसाय गरेको हो ।

    यस्तै, हिमालयन एभरेष्टले १९ करोड १३ लाख, सानिमा जिआइसीले १९ करोड ८९ लाख, युनाइटेड अजोडले २१ करोड ६७ लाख, द ओरियन्टलले १९ लाख, प्रभुले ११ करोड ५० लाख र नेशनलले ७ करोड ८९ लाख रुपैयाँको बीमा ब्यवसाय गरेको हो ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com