पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याइने, योजना बुझाउन प्राधिकरणले दियो निर्देशन

पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याइने, योजना बुझाउन प्राधिकरणले दियो निर्देशन

हाल पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम १० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • images
    images
    पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याइने, योजना बुझाउन प्राधिकरणले दियो निर्देशन
    images
    images

    काठमाडौँ / पुनर्बिमा कम्पनीहरूले एक बर्षभित्रमा चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने भएको छ । जीवन र निर्जीबन बिमा कम्पनीहरूको चुक्ता पुँजी दोब्बर बनाउन निर्देशन दिएको दुई बर्ष नपुग्दै नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । 

    प्राधिकरणको सञ्चालक समितिको बैठकले हाल सञ्चालनमा रहेका पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब रुपैयाँ पुर्याउने गरी प्राधिकरणले गृहकार्य सुरु गरेको हो ।

    बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले आगामी १ वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने गरी कम्पनीहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णय बमोजिम छिट्टै कम्पनीहरूलाई निर्देशन समेत दिइने प्राधिकरणले जनाएको छ । 

    हाल पुनर्बिमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम १० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । प्राधिकरणले आगामी १५ दिनभित्र यस्तो चुक्ता पुँजी वृद्धिको योजना बुझाउनसमेत निर्देशन दिएको छ । 

    बिमा कम्पनीहरूको चुक्ता पुँजी बृद्धि गरिएकोले पुनर्बिमा कम्पनीहरूको पनि पुँजी वृद्धि गर्नुपर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । हाल जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीबन बिमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ । 

    बिमा कम्पनीहरूको आफ्नो जोखिम भार समेत पुनर्बिमा कम्पनीमा सार्नुपर्ने भएकोले पुनर्बिमा कम्पनीलाई थप बलियो बनाउन पुँजी बृद्धि गर्ने निर्णय गरिएको हो । हाल नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि-इन्स्योरेन्स गरी मुलुकमा दुईवटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।

    असार मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । हालै मात्र आइपिओ जारी गरेको हिमालयन रि-इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । 

    यी कम्पनीहरूले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद (राइट) सेयर जारी गर्ने प्रस्ताव राख्न सक्ने उच्च सम्भावना रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com