समृद्धि फाइनान्सको २२ औं साधारणसभा सम्पन्न, सञ्चालकमा रामकुमार बर्तौला

समृद्धि फाइनान्सको २२ औं साधारणसभा सम्पन्न, सञ्चालकमा रामकुमार बर्तौला

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • images
    images
    समृद्धि फाइनान्सको २२ औं साधारणसभा सम्पन्न, सञ्चालकमा रामकुमार बर्तौला
    images
    images

    काठमाडौँ / समृद्धि फाइनान्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ । मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा भएको साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समुहबाट निर्वाचित रामकुमार बर्तौलालाइ नियुक्त गरेको छ। 

    सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने,  वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आ.व.२०८०÷ ८१ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल सहित पारित गरेको छ। 

    साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए। 

      नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com