एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा, सञ्चालकमा ५ जना निर्वाचित

एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा, सञ्चालकमा ५ जना निर्वाचित

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • images
    images
    एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा, सञ्चालकमा ५ जना निर्वाचित
    images
    images

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभाले सम्पन्न भएको छ । बैंकको २८औं वार्षिक साधारण सभा पुस २६ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । 

    आज सम्पन्न साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरको ढोका खुला गरेको बैंकले जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले पारित गरेको छ। 

    सो कार्यका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने, स्वाप रेसियो निर्धारण गर्ने, सोका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन आवश्यक भएमा सो गरी त्यसको अभिलेख गराउनेलगायत सम्पूर्ण कार्य गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।

    बैंकको प्रबन्धपत्र संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशनमा भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले स्वीकृत गरेको छ।

    सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना तथा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ गरी ५ जना सञ्चालक निर्वाचित गरेको छ। 

    सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका साथ लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित भएको छ। बैंकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई नगद र बोनस शेयर वितरण नगर्ने निर्णय गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com