रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु, रुसमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुग्यो

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु, रुसमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुग्यो

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु, रुसमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुग्यो

    काठमाडौँ / रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।

    images
    images

    मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको जानकारी दिए । 

    यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा-१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका, इलाम-५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com