गान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो, उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह

गान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो, उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • images
    images
    गान्सु भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो, उद्धार तीव्र पार्न राष्ट्रपतिको आग्रह
    images
    images

    चीनको  गान्सु छिङआइ प्रान्तमा गएको ६.२ म्यागनेच्युडको शक्तीशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको सरकारी सञ्चार माध्यामहरूले जनाएका छन् । उनीहरूका अनुसार सोमबार राति  गान्सु प्रान्तको जातीय काउन्टीमा ६।२ म्याग्नेच्युडको भुकम्प गएको थियो । 

    भूकम्पमा परि करिब दुई सय जना घाइते भएको न्युयोर्क टाइम्सले चिनियाँ राज्य मिडियालाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

    राष्ट्रपति सी चिनफिङले वेपत्ताको खोज तथा पीडितहरूको उद्धार गरी प्रभावित जनताको जीउ धनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षलाई विशेष निर्देशन दिएको ग्लोबल टाइमम्सले उल्लेख गरेको छ । यसै क्रममा राज्य परिषद्ले भूकम्प राहत मुख्यालय तथा आपत्कालीन व्यवस्था मन्त्रालयले राष्ट्रिय भूकम्प आपतकालीन प्रतिक्रियालाई स्तरोन्नति गरेको छ ।

    भूकम्पले घर, सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूका अनुसार कतिपय स्थानमा विद्युत तथा खानेपानी समेत अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ वटा कुकुर परिचालन  खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । साथै एक हजारभन्दा बढी उपकरणको प्रयोग गर्दै पाँच सय ८० उद्धार कर्ता खटाएको छ । 

    गान्सुका पार्टी प्रमुख हु चाङसेङ र गान्सु गभर्नर रेन झेन्हे उद्धार र राहतको निरीक्षण गर्न विपतग्रस्त क्षेत्रमा पुगेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com