आजको मौसमः तराइमा हुस्सु र कुहिरो लाग्ने, उच्च हिमाली क्षेत्रमा हिउँपर्ने

आजको मौसमः तराइमा हुस्सु र कुहिरो लाग्ने, उच्च हिमाली क्षेत्रमा हिउँपर्ने

शनिवार, मंसिर ३० २०८०
शनिवार, मंसिर ३० २०८०
  • images
    images
    आजको मौसमः तराइमा हुस्सु र कुहिरो लाग्ने, उच्च हिमाली क्षेत्रमा हिउँपर्ने
    images
    images

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु – कुहिरो लागेको छ ।

     दिउँसो आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     यस्तैगरी राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     भोलि आइतबारको समय

    दिउँसोः लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    रातीः लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

    गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     सोमबारको समय

    दिउँसोः  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   

    राती स् कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

     कर्णाली, गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com