images
Logo
images

ग्रामीण विकास लघुवित्तको बार्षिक साधारण सभा मंसिर ३० गते, यस बर्ष सेयरधनीको गोजी भने रित्तै

ग्रामीण विकास लघुवित्तको बार्षिक साधारण सभा मंसिर ३० गते, यस बर्ष सेयरधनीको गोजी भने रित्तै

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • ग्रामीण विकास लघुवित्तको बार्षिक साधारण सभा मंसिर ३० गते, यस बर्ष सेयरधनीको गोजी भने रित्तै

    काठमाडौँ / ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण नगर्ने भएको छ । यो कम्पनीले लाभांशबिनाका अजेण्डासहित आफ्नो आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

    images
    images

    कम्पनीको मंसिर ४ गते बसेको २२७ औं बोर्ड बैठकले आगामी मंसिर ३० गते शनिवार बिहान ११ बजे बुटवलस्थित कम्पनीको प्रधानकार्यालयमा साधारणसभा आह्वान गरिएको हो । 

    साधारणसभामा भौतिक रुपमा उपस्थित हुन नसक्ने सेयरधनीका लागि भर्चुअल माध्यमबाट समेत सहभागी हुनसक्ने सुविधा उपलब्ध गराइएको छ । 

    साधारणसभामा साधारण प्रस्तावको रुपमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पास गर्ने, सो आ।व।को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सानको हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकमा एनबीएसएम एण्ड एशोसिएसट्स, नारायणचौर, नक्साल काठमाण्डौको नियुक्तिलाई अनुमोदन गर्ने रहेका छन् । 

    विशेष प्रस्तावमा संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन प्रस्ताव पारित गर्ने, अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्टबैंकमा निवेदन दिने लगायतका सबै काम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पेश हुनेछ । 

    साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गतेदेखि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ यो कम्पनीले घोषणा गरेको साधारणसभामा सहभागी हुन चाहनेले मंसिर १४ गतेअगाडि नै सेयरधनी कायम भइसक्नुपर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय