images
Logo
images

सिएफमोटो/जीहोले गरायो नाइमा नेपाल मोबिलिटी एक्सपोमा अफरको वर्षा, केके छन् सुविधा ?

सिएफमोटो/जीहोले गरायो नाइमा नेपाल मोबिलिटी एक्सपोमा अफरको वर्षा, केके छन् सुविधा ?

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • सिएफमोटो/जीहोले गरायो नाइमा नेपाल मोबिलिटी एक्सपोमा अफरको वर्षा, केके छन् सुविधा ?

    सिएफमोटो/जीहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोविलिटी एक्स्पो  २०२५ को अवसरमा आफ्नो २ मोडल 300 NK तथा450 SRS लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ ।

    images
    images

    साउन २१ देखि २५ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी भई सीएफमोटो तथा जिहोको मोटरसाइकल तथा स्कुटर बुकिङ्ग तथा खरिद गर्दा कम्पनीले ‘सीएफमोटो–जिहो अफरको वर्षा’अन्तर्गत आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।

    एक्स्पोमा सिएफमोटो तथा जीहोका लोकप्रिय मोडलहरू २५० एनके, ४५० एमटि तथा जीहो एइ८ मोडल प्रदर्शनमा राखिनेछ । 

    एक्सपोलाई लक्षित गर्दै कम्पनीले आधिकारीक रुपले आफ्नो Naked Series अन्तर्गत पर्ने ३०० एनके तथा प्रिमियम सिरिज अन्तर्गत ४५० SRS Model हरु  सार्वजनिक गर्ने भएको छ । 

    एक्सपो अवधिभर यस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरिद गर्ने ग्राहकले ५० हजारसम्मको भारी छुट, सिएफमोटो/जीहो प्रिभिलेज कार्ड  केही मोडलमा ५ वर्ष वारेन्टी जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

    यसका साथै कम्पनीले यो एक्सपो अवधिभर ग्राहकले सिएफ मोटोको ४५० एमटि खरिद तथा बुक गर्दा आकर्षक एमटि हेलमेटका साथै २५ हजार रुपैयाँ बराबरको तीन विशेष एसोसेरिजहरू छुट स्वरूप पाउनेछन् । 

    त्यसैगरी सीएफमोटो तथा ZEEHO को स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

    सिएफमोटोले सार्वजनिक गर्न गरीरहेको 450 SRS को विशेषताको कुरा गर्नु पर्दा यसमा ४४९.५ CC, Twin-Cylinder in line, liquid cooled, 4 Stroke DOHC engine जडान गरिएको छ ।

    जसको Max Power 38 KW/9500 RPM, MAX Torque 40 NM/7500 RPM, Euro V+ Emission norm, 14L को Fuel Tank Capacity, Slipper Clutch, 6-speed, 5" TFT Display, TCS (Traction Control System) तथा ABS रहेको छ । यस बाइक कार्यक्षमता, डिजाइन र प्रविधियुक्त विशेषताहरूले नेपाली युवाहरू यसमा आकर्षित हुने विश्वास कम्पनीको रहेको छ ।

    यसैगरी अर्को मोडल 300NK यस series कै उत्कृष्ट वाइकको रुपमा रहने कम्पनीको भनाइ छ । यसमा 292 CC को सिङ्गल सिलिन्डर इन्जिन, अधिकतम् क्षमता 21.4 KW 25.3Nm Torque, Dual Channel ABS, Slipper Clutch, 12.5 लिटरको फ्यूल ट्यांक, अगाडि Inverted Shock Absorption तथा पछाडि Mid-Mounted shock Absorption दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय