स्ट्याण्डर्ड चार्टर्ड बैंकको बार्षिक साधारण सभा मंसिर २४ गते, लाभांशसहित अन्य के–के छन् प्रस्ताव ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकको बार्षिक साधारण सभा मंसिर २४ गते, लाभांशसहित अन्य के–के छन् प्रस्ताव ?

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • images
    images
    स्ट्याण्डर्ड चार्टर्ड बैंकको बार्षिक साधारण सभा मंसिर २४ गते, लाभांशसहित अन्य के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्नका लागि बार्षिक साधारण सभाको मिति तय गरेको छ । 

    बैंकले मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउसो १ बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश ९कर सहित० वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com