आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वार जाजरकोट भूकम्प प्रभावित क्षेत्रका  लागि १० लाख सहयोग

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वार जाजरकोट भूकम्प प्रभावित क्षेत्रका  लागि १० लाख सहयोग

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वार जाजरकोट भूकम्प प्रभावित क्षेत्रका  लागि १० लाख सहयोग

    काठमाडौं/  आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग स्वरुप १० लाख रुपैयाँ सहयोग गरेको छ । 

    images
    images


    आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा  उक्त रकम उपलब्ध गराइएको जनाएको छ । 

    इन्स्योरेन्स कम्पनीले  यहि कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने  उद्धेश्य राखेको छ । 

    पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक  सहयोग गर्ने कम्पनीको भनाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जानकारी दिएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com