खराब कर्जा बढ्दा ग्लोबल आइएमई बैंकको नाफामा दबाव, कुन सूचक कस्तो छ ?

खराब कर्जा बढ्दा ग्लोबल आइएमई बैंकको नाफामा दबाव, कुन सूचक कस्तो छ ?

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • खराब कर्जा बढ्दा ग्लोबल आइएमई बैंकको नाफामा दबाव, कुन सूचक कस्तो छ ?

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०÷०८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

    images
    images

    बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा बैंकको खुद नाफा ३.०४ प्रतिशत अर्थात ४ करोड रुपैयाँले बृद्धि भएको हो । गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको ग्लोबल आइएमई बैंकले यस बर्ष १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको हो । 

    त्यस्तै, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । गत बर्ष भने बैंकले यस्तो नाफा ३ अर्ब ४५ करोड रुपैयाँ कायम गरेकोमा समीक्षा अवधिमा सामान्य घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्याज आम्दानी, ब्याज खर्च र खुद शुल्क तथा कसिसन आम्दानी बढे पनि बैंकको खराब कर्जा बृद्धि हुँदा बैंकको नाफा सामान्य मात्रै बढ्न पुगेको हो । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा करिब १०८ प्रतिशतले बढेको देखिन्छ । गत वर्ष २.१ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेर ४.३८ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकको लोन लस प्रोभिजनिङ बढेको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा भने गत वर्षभन्दा ६.४२ प्रतिशतभन्दा बढी अर्थात् १ अर्ब ७९ करोड रुपैयाँभन्दा बृद्धि भएको तथ्याङ्क छ ।

    इम्पेयरमेन्ट चार्ज गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ७२ करोड ८६ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २१ अर्ब १० करोड रुपैयाँभन्दा बढी छ ।

    पहिलो त्रैमाससम्म कम्पनीले गत वर्षभन्दा करीब ४ प्रतिशत बढी अर्थात् ४ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको कष्ट अफ फण्ड ८.१७ प्रतिशत छ। पहिलो त्रैमासमा बैंकको आधार दर १०.०७ प्रतिशत छ। त्यस्तै बैंकको स्प्रेड दर ४.३४ प्रतिशत छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय