२ जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए निवेदन

२ जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए निवेदन

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • २ जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए निवेदन

    काठमाडौँ / दुई ओटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

    images
    images

    सोलु हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।

    सोलु हाइड्रोपावर लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्नेछ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ।

    यस्तै, टक्सार पिखुवा खोलाले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ।

    भोजपुर जिल्लामा १ अर्ब रुपैयाँभन्दा बढी लागतमा ८ मेगावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय