काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको हो ।
समता एजुकेसनले ‘सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा’ भन्ने मुल नाराका साथ ७७ वटै जिल्लामा करिब ४०,००० विद्यार्थीसहित (मात्र रु १०० प्रतिविद्यार्थी, प्रति महिना) ८३ वटा समता विद्यालय सञ्चालन गरिरहेको छ ।
२३ वर्षको शैक्षिक इतिहास बोकेको समता एजुकेसन फाउन्डेसनबाट हालसम्म आर्थिक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित भएका छन् भने १७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
कक्षा नर्सरी देखी स्नातकोत्तर डिग्रीसम्म एकै विद्यालयमा पठन पाठन हुने समताको आउने दिनमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई सबैभन्दा न्युन शुल्कमा बिज्ञान बिषय, नर्सिङ्ग विषय लगायत अरु थुप्रै मेडिकल विषय समबन्धी शिक्षा प्रदान गर्ने योजनासहित अघि बढेको समता एजुकेसनको हौसला बढाउन कम्पनीले साथ दिएको जनाएको छ ।
कम्पनीले आज कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सञ्चालक समितिका तीन सदस्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथमणी खड्काद्वारा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सिटिजन लाइफको सो सहयोगले समतालाई छात्रवृत्ति अक्षय कोष स्थापना गरी विद्यालय सञ्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको बताइएको छ ।
कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरूले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक बर्ष जस्तै संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, ¥याली, रक्तदान कार्यक्रम, सामाजिक रूपमा पिछडिएका समुदायहरूका लागि सिपमूलक तालिम, शैक्षिक सामाग्रीको अभाव भइ शिक्षाबाट वन्चित विद्यार्र्थीहरुको लागि शैक्षिक सामाग्री वितरण तथा अनुदान, दृष्टिबाट बञ्चित केही व्यक्तिहरूलाई सेतो छडि वितरण लगायतका विभिन्न कार्यक्रमहरू गरी मनाइदै छ ।
बार्षिकोत्वको अवसरमा कम्पनीले वार्षिक उत्सवका सम्पूर्ण कार्यक्रमहरू सफल बनाउन साथै कम्पनीको दिर्घकालिन प्रगतिको लागि सम्पूर्ण नेपालीहरूको माया, साथ र विश्वासको अपेक्षा रहेको जनाएको छ ।