सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न अनुमति

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न अनुमति

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न अनुमति

    काठमाडौं / नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । सोमबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो ।

    images
    images

    सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । लामो अवधि र विवाद पछि कम्पनीलाई अनुमति दिएको हो। 

    अनुमति संगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ। कम्पनीको सेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने छ ।

    बोर्डले कम्पनीको सेयरको आधारमूल्य ५०१ रुपैयाँ तय गरेर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । अब संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने ब्यबस्था छ । 

     अब योग्य संस्थागत लगानीकर्ताले बिक्री मूल्यमा माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ६०१ (६०१.२०) रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ (४००.८०) भित्र बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नुपर्नेछ। 

    जस अनुसार पूर्ण रुपमा बिक्री भए कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा आईपीओ बाँडफाँड हुनेछ। यसमा निर्धारण हुने कटअफ प्राइसमा १० प्रतिशत छुट दिई कम्पनीले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय