कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • images
    images
    कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता भएको छ । बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच बैंकका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

    डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो । 

    यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट÷क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com